सप्तरीको भारदहमा ग्यास लिक भई आगलागी हुँद एक घर जलेर नष्ट 

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र २८, शनिबार १६:३७

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा शनिबार दिउँसो ग्यास लिक भएर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय धर्मदेव दासको घरमा भएको आगलागीबाट करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खाना पकाउने ग्यास लिक भएर अचानक सल्किएको आगोले दासको जस्तापाताले छाएको ४ कोठे घर र ३ कोठे भान्सा घर पूर्ण रूपमा नष्ट भएको छ ।

आगलागी सुरु भए लगत्तै नगरपालिकाको वारुणयन्त्र (दमकल) लाई खबर गरिए पनि घटनास्थलसम्म पुग्ने बाटो अत्यन्तै साँघुरो भएका कारण समयमै दमकल पुग्न सकेन । बाटोको अवरोधले दमकल पुग्न ढिलाइ हुँदा आगोले उग्र रूप लिएको र घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, फर्निचर तथा अन्य महत्त्वपूर्ण कागजातहरू जोगाउन नसकिएको प्रहरीले जनाएको छ ।

दमकल समयमै पुग्न नसके पनि स्थानीय बासिन्दा, प्रहरी र पछि आइपुगेको नगरपालिकाको वारुणयन्त्रको संयुक्त र अथक प्रयासबाट आगो नियन्त्रणमा लिइएको थियो । आगो छिमेकी घरहरूमा फैलिन नदिएका कारण थप ठुलो क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीमा परी कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन । तर, पीडित परिवारको वासस्थान र गाँसको जोहो गर्ने सबै सामग्री नष्ट भएकाले उनीहरू बिचल्लीमा परेका छन् ।

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.