सलहेश फूलबारीमा सुनाखरी हेर्न आउन थाले

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत्र ३०, सोमबार ०९:४५
सलहेश फूलबारी

सिरहा । नयाँ वर्षको दिन मात्रै फुल्ने फूल हेर्नका लागि सिरहाको लहानको सलहेश फूलबारी आउनेको भीड बढेको छ । लहानस्थित ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा नयाँ वर्ष आएसँग चहलपहल तीव्र रूपमा बढ्न थालेको हो ।

हरेक वर्ष वैशाख १ गते (नयाँ वर्षको दिन) आयोजना हुने प्रसिद्ध मेलाको तयारीसँगै भारत र स्वदेशका श्रद्धालुहरू फूलबारी क्षेत्रमा उल्लेख्य देखिएका छन् । विशेषगरी नयाँ वर्षकै दिन मात्र फुल्ने विश्वास गरिएको माला आकारको सुनाखरी फूल हेर्न तथा पूजा अर्चना गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ भक्तजन आउने गरेका छन् ।

मन्दिरअगाडि रहेको हारमको रुखमा यस वर्ष पनि सुनाखरी फूल फुल्न थालेको छ, यद्यपि पूर्ण रूपमा फक्रिन भने बाँकी छ। करिब नौ बिघा क्षेत्रफलमा फैलिएको फूलबारीमा अहिले नै श्रद्धालुहरू दिनरात बस्न थालेका छन्, रूखमुनि पाल टाँगेर बास बस्ने क्रम समेत बढ्दो छ। तर, बढ्दो भीडसँगै पूर्वाधार अभावको समस्या पनि देखिएको छ। विशेषगरी धर्मशालाको अभावका कारण भक्तजनहरूलाई असुविधा भइरहेको स्थानीयहरूले बताएका छन् ।

लोकगाथाअनुसार महिषोथा (सिरहा) मा जन्मिएका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमसँग जोडिएको यस फूलबारीलाई विशेष धार्मिक महत्त्व दिइन्छ। सुनाखरी फूललाई उनीहरूको प्रेमको प्रतीकका रूपमा लिइन्छ।

१४ औँ शताब्दीका वीर तथा लोकनायक राजा सलहेशको सम्झनामा आयोजना हुने यो मेला तराई क्षेत्रका पासवान समुदायका लागि विशेष आस्थाको केन्द्र हो । यहाँ पूजा गर्दा सन्तान प्राप्ति तथा रोगबाट मुक्ति पाइने जनविश्वास रहिआएको छ।

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.