शुभकामना

Share this
793shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १, मंगलबार १०:२६

नेपालमा विक्रम संवत् २०८३ को नयाँ वर्ष सुरु भएसँगै देशभर उत्साह, उमंग र शुभकामनाको माहोल देखिएको छ । वैशाख १ गतेलाई नेपाली समाजले पात्रो परिवर्तनको दिनका रूपमा मात्रै नभएर विगतको समीक्षा गर्ने र भविष्यका लागि नयाँ संकल्प गर्ने अवसरका रूपमा लिँदै आएको छ ।

बिहानैदेखि मठमन्दिरमा पूजाआराधना, घरआँगनको सरसफाइ, नयाँ पहिरन र शुभकामना आदानप्रदानजस्ता गतिविधिले देशभरको वातावरणलाई उत्सवमय बनाएको छ । तर, यही उत्सवभित्र मुलुकको यथार्थ, चुनौती र जिम्मेवारीबारे गम्भीर आत्मसमीक्षाको आवश्यकता पनि उत्तिकै बलियो रूपमा उपस्थित हुन्छ ।

नयाँ वर्ष व्यक्तिगत खुसी र सामाजिक भेटघाटको अवसर त हो नै । राज्य, समाज र नागरिक सबैले आफ्नो भूमिकाका बारेमा पुनर्विचार गर्ने समय पनि हो । विगत वर्षलाई फर्केर हेर्दा आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको अनुभूति धेरैका बीच साझा छ । त्यहाँमाथि मुलुकमा भएको परिवर्तनले नयाँ सन्देश दिएको छ । विकासका योजना, सुशासनका प्रतिबद्धता र समृद्धिका नाराबीच व्यवहारिक परिणाम अपेक्षाभन्दा कमजोर देखिएको यथार्थलाई नजरअन्दाज गर्न सकिँदैन ।

नेपाल प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र मानव संसाधनका हिसाबले अत्यन्त सम्भावनायुक्त देश हो । तर, त्यही सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्ने क्रममा देखिएको ढिलासुस्ती, नीति कार्यान्वयनको कमजोरी र राजनीतिक अस्थिरताले विकासको गति प्रभावित भएको छ । २०८२ सालमा ठूलो राजनीतिक परिवर्तन भयो । विगतका वर्षहरूमा पनि राजनीतिक परिवर्तनहरू धेरै भए ।

तर, परिवर्तनले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकेनन् भन्ने आलोचना बारम्बार उठ्दै आएको छ । फलस्वरुप मुलुकमा राजनीतिक परिवर्तन भएर दुईतिहाइनजिकको नयाँ सरकार बनेको छ । अब जनताको भरोसा र राज्यप्रतिको अपेक्षा बीचको दूरी कम हुने अपेक्षा छ ।

देशमा विकासका बहसहरू भइरहेका छन् । तर, ती बहसलाई परिणाममा रूपान्तरण गर्ने क्षमता विगतमा कमजोर देखिए । रोजगारीको अभाव, युवाको विदेश पलायन, उत्पादनशील क्षेत्रको सुस्तता र आर्थिक वृद्धिको असन्तुलनजस्ता समस्या अझै चुनौतीका रूपमा विद्यमान छन् । प्रत्येक वर्ष हजारौँ युवाहरू रोजगारको खोजीमा विदेशिन बाध्य हुनु व्यक्तिगत समस्या मात्रै नभएर राष्ट्रिय अर्थतन्त्र र सामाजिक संरचनामाथिको गम्भीर दबाब हो ।

नयाँ वर्षको अवसरमा धेरैजसो राजनीतिक नेतृत्वहरूले समृद्धि, सुशासन र विकासको प्रतिबद्धता दोहोर्‍याएका छन् । तर, जनताले अपेक्षा गर्ने कुरा भाषण नभएर ठोस कार्यान्वयन हो । राज्य सञ्चालनमा रहेका जिम्मेवार निकायहरूले अब नाराभन्दा बढी परिणाम दिने दिशामा ध्यान केन्द्रित गर्नुपर्ने समय आएको छ । विकासका योजनाहरू कागजमा सीमित रहनु हुँदैन । ती योजनाहरू जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउने गरी कार्यान्वयन हुनुपर्छ ।

समाजमा आर्थिक कारणले मात्र निराशा छाएको छैन । विगतका शासन प्रणालीप्रतिको विश्वासमा आएको कमीले पनि पनि निराश बनाएको थियो । भ्रष्टाचार, अनियमितता र दण्डहीनताको संस्कृतिले सार्वजनिक संस्थाहरूप्रति नागरिकको विश्वास कमजोर बनाउँदै लगेको अवस्था छ । यस्तो अवस्थामा सुशासनलाई मजबुत बनाउनु अनिवार्य आवश्यकता हो ।

सांस्कृतिक रूपमा नयाँ वर्षले नेपाली समाजलाई एकता, मेलमिलाप र सकारात्मक सोचतर्फ प्रेरित गर्ने अवसर प्रदान गरेको छ । देशभरका धार्मिक तथा सांस्कृतिक गतिविधिहरूले सामाजिक सम्बन्धलाई अझ सुदृढ बनाउने काम गरेका छन् । तर, यो सांस्कृतिक उत्साहलाई मात्र औपचारिकतामा सीमित नगरी सामाजिक चेतना र उत्तरदायित्वसँग जोड्न आवश्यक छ ।

पर्यटन, कृषि, ऊर्जा र पूर्वाधारजस्ता क्षेत्रहरू नेपालका प्रमुख सम्भावनाका आधार हुन् । यी क्षेत्रहरूको योजनाबद्ध विकासमार्फत मात्र दीर्घकालीन समृद्धिको मार्ग प्रशस्त गर्न सकिन्छ । विशेषगरी पर्यटन क्षेत्रले नयाँ वर्षजस्ता अवसरहरूलाई आर्थिक गतिविधिसँग जोड्ने प्रयास गरिरहेको देखिन्छ, जुन सकारात्मक संकेत हो । तर, यसलाई दीर्घकालीन नीतिगत समर्थन र संरचनात्मक सुधार आवश्यक छ ।

नयाँ वर्षको मूल सन्देश उत्सव मात्रै होइन । आत्मसमीक्षा र सुधारको प्रतिबद्धता हो । विगतका कमजोरीहरूबाट सिक्दै आगामी दिनमा अझ जिम्मेवार, पारदर्शी र परिणाममुखी शासन प्रणाली निर्माण गर्न सके मात्र समृद्ध नेपालको लक्ष्य सम्भव हुन्छ । राज्य, राजनीतिक दल, निजी क्षेत्र र नागरिक समाज सबैले आआफ्नो स्थानबाट इमान्दार प्रयास गर्नुपर्ने आवश्यकता यस वर्षले पुनः स्मरण गराएको छ ।

अन्ततः नयाँ वर्ष २०८३ ले नेपाली समाजमा आशा मात्रन नभएर जिम्मेवारीको बोध पनि थपिदिएको छ । देशलाई शुभकामनाले होइन, कार्य, नीति र व्यवहारले अघि बढाउनुपर्ने स्पष्ट सन्देश यस अवसरले दिएको छ । अब आवश्यकता भनेको विगतका गल्ती दोहोरिन नदिने दृढ संकल्प, स्वार्थभन्दा माथि उठ्ने राजनीतिक संस्कृति र जनताप्रति उत्तरदायी शासन प्रणाली हो ।

यही दिशामा अघि बढ्न सके मात्र नयाँ वर्षको वास्तविक अर्थ सार्थक हुनेछ । नयाँ वर्षको उपलक्ष्यमा हाम्रा पाठक, सर्जक, शुभचिन्तक, विज्ञापनदाता सबैप्रति हार्दिक शुभकामना व्यक्त गर्दैछौं ।

तपाइको प्रतिक्रिया
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
काँकडभिट्टामा भारतीय चिट्ठाको जालो, घरबाटै बरामद भयो १ हजार ३ सय थान
मधेशमा दुई महिनामा विपद्का ४५९ घटना, ९२ जनाको मृत्यु
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
श्रम ऐन संशोधनसहित उद्योगमैत्री नीति बनाउन मोरङ उद्योग व्यापार संघको माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×