
काठमाडौं । काठमाडौंमा सवारी दुर्घटनामा परी एक जना इन्स्पेक्टरको मृत्यु भएको छ । रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ घर भई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टर ३३ वर्षीय अभय लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चैत २९ गते ट्रकको ठक्करबाट लामा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका इन्स्पेक्टर लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एन्ड बी’ अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























