देशभर व्यक्तिगत घटना दर्ता सचेतना अभियान सुरु हुँदै

Share this
808shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २, बुधबार ०६:२२

काठमाडौं । देशभरका ७५३ वटै स्थानीय तहमा आज (बुधबार)देखि व्यक्तिगत घटना दर्ता सचेतना सप्ताह सुरु हुँदैछ ।

नागरिकको कानुनी पहिचान सुदृढ बनाउने तथा राज्यबाट प्राप्त हुने सेवा सुविधामा सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहमा सुरु गरिएको यस सप्ताहअन्तर्गत विभिन्न स्थानीय तहले जनचेतनामूलक कार्यक्रम आयोजना गर्नेछन् ।

Advertisement

जन्म, मृत्यु, विवाह, बसाइँसराइलगायतका व्यक्तिगत घटना समयमै दर्ता गर्नुपर्ने महत्त्वबारे नागरिकलाई जानकारी गराउने लक्ष्य राखिएको छ । विभागका अनुसार व्यक्तिगत घटना दर्ता नहुँदा नागरिकले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा भत्ता जस्ता आधारभूत सेवाबाट वञ्चित हुने अवस्था रहन्छ ।

त्यसैले स्थानीय तह, विद्यालय, सामुदायिक संस्था तथा स्वयंसेवी समूहको सहकार्यमा गाउँ टोलसम्म पुगेर सचेतना फैलाइने जनाइएको छ । यस क्रममा विद्यार्थी, शिक्षक, जनप्रतिनिधि र कर्मचारीलाई सहभागी गराई सचेतनामूलक र्‍याली, अन्तरक्रिया तथा सूचना प्रवाह कार्यक्रम सञ्चालन गरिनेछ ।

विभागले चैत अन्तिम साता नै परिपत्र जारी गर्दै सबै स्थानीय तहलाई सप्ताह प्रभावकारी रूपमा मनाउन निर्देशन दिएको थियो । सरकारले व्यक्तिगत घटना दर्तालाई व्यवस्थित बनाउँदै डिजिटल प्रणालीमा रूपान्तरण गर्ने लक्ष्य अघि सारेको छ । जसले सेवा प्रवाहलाई अझ सरल र पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
भारतले बाढीपीडितका लागि १० टन राहत सामग्री पठायो
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी
जलविद्युत आयोजनाका १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन
‘रसुवाको भोटेकोशी र सिन्धुपाल्चोकको भोटेकोशी एउटै होइनन्’
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी सम्पर्कविहीन
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 
बाढी पीडितको उद्धार र राहतमा जुट्न पूर्वराजाको अपिल
बाढीपीडितको उद्धार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको घोषणा
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले नेता पर्शुराम बस्नेतको अपिल (भिडियोसहित)
एनआरएनएले दिने भयो बाढीपीडितका लागि ५ करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×