अस्पतालमा पनि दुई दिन बिदा लागू, आकस्मिक सेवा भने निरन्तर खुला

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ४, शुक्रबार १७:१९

काठमाडौं । सरकारले अब अस्पतालहरूमा पनि शनिबार र आइतबार सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचनाअनुसार ‘हप्तामा दुई दिन बिदा’ नीति स्वास्थ्य क्षेत्रमा समेत कार्यान्वयनमा ल्याइएको हो ।

यस निर्णयअनुसार नियमित ओपीडी लगायतका सेवा दुई दिन बन्द रहनेछन् । तर, आकस्मिक, अन्तरंग (इनडोर) तथा अत्यावश्यक शल्यक्रिया सेवा भने चौबिसै घण्टा सञ्चालनमै रहने मन्त्रालयले जनाएको छ ।

पहिले नै तय गरिएका आइतबारका शल्यक्रियाहरू बिरामीको अवस्था हेरी पुनः तालिका मिलाइनेछ । मन्त्रालयले बिदाका दिनमा पनि बिरामीले समस्या नपाओस् भन्ने उद्देश्यले आकस्मिक कक्ष, प्रसूति सेवा, आईसीयू लगायत सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ ।

कुनै सेवा उपलब्ध नभएमा नजिकको उपयुक्त अस्पतालमा तुरुन्तै रेफर गर्न र एम्बुलेन्स तयारी अवस्थामा राख्न पनि अस्पतालहरूलाई भनिएको छ । सरकारले स्वास्थ्यकर्मीको कामको बोझ घटाउन र मनोबल बढाउन यो निर्णय गरेको बताएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
यस्तो छ विदेशी मुद्राको विनिमय दर 
विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
कांग्रेसको महामन्त्रीमा भिड्दै डा. सुनील शर्मा, यस्ता छन् एजेन्डा
कोशीका विभिन्न जिल्लाबाट फरार ८ जना  प्रतिवादी पक्राउ
प्रहरीमाथि आक्रमण गर्नेहरु पक्राउ
सुकुना क्याम्पसद्वारा १३८ विद्यार्थीलाई आठ लाख ६१ हजार छात्रवृत्ति
बीपीको पहिलो सार्वजनिक सम्बोधनस्थलमा हुँदै कांग्रेस महाधिवेशन उद्घाटन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×