मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ५, शनिबार १५:५३
मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका–७ स्थित हुलाकी सडक खण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

बसपार्क नजिकै शनिबार दिउँसो १ बजेतिर मे ४ प ९०१२ नम्बरको मोटरसाइकल र भारतीय नम्बरको बीआर ३८ टी ०२८० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा मे ४ प ९०१२ नम्बरको मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले गम्भीर घाइते ती युवकको उद्धार गरी तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा चिकित्सकले १ः २३ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले मोटरसाइकल (बीआर ३८ टी ०२८०) का चालक मोरङ रंगेली नगरपालिका–५ का २६ वर्षीय शनि शर्मा र दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको र मृतकको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.