एक द्वार सेवा प्रणाली लागू गर्न गृहको ९ बुँदे निर्देशन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ५, शनिबार १७:५९
एक द्वार सेवा प्रणाली लागू गर्न गृहको ९ बुँदे निर्देशन

काठमाडौं । गृह मन्त्रालयले देशभरका जिल्ला र इलाका प्रशासन कार्यालयहरूको सेवालाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन ९ बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयले ‘एक द्वार सेवा प्रणाली’ लागू गर्दै बिचौलियाको अन्त्य र सुशासन कायम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई कडा निर्देशन दिएको हो।

गृहमन्त्री सुधन गुरुङको पद बहालीपछि प्राथमिकता र सरकारको ‘शासकीय सुधार’ योजनाअनुसार मन्त्रालयले यो नयाँ व्यवस्था लागू गरेको हो । अब नागरिकता, राहदानी, र राष्ट्रिय परिचयपत्र जस्ता सेवाहरू सेवाग्राहीले एउटै कक्षबाट सहजै प्राप्त गर्नेछन्।

निर्देशनअनुसार सबै प्रशासन कार्यालयमा बिहान ९ बजेदेखि नै सहायता कक्ष (हेल्प डेस्क) सञ्चालन गर्नुपर्नेछ, जसले सेवाग्राहीलाई निवेदन लेख्न र फाराम भर्न निःशुल्क सहयोग गर्ने छ । ज्येष्ठ नागरिक, अशक्त र अपांगता भएका व्यक्तिहरूलाई लाइनमा नराखी प्राथमिकताका साथ सेवा दिन र उनीहरूको गुनासो सुन्न सीडीओ वा सहायक सीडीओ आफैँ उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, कार्यालयहरूमा बिचौलियाको प्रवेशलाई पूर्ण रूपमा निषेध गरिएको छ। कर्मचारीले सेवाग्राहीसँग मर्यादित व्यवहार गर्नुपर्ने र कुनै पनि प्रकारको सास्ती दिएमा ‘शून्य सहनशीलता’ को नीति अपनाई कारबाही गरिने मन्त्रालयले जनाएको छ। पारदर्शिताका लागि सिसी क्यामेरा जडान, वेबसाइट अपडेट र महिनाको दुई पटक प्रगति प्रतिवेदन मन्त्रालयमा पठाउनुपर्ने अनिवार्य नियम समेत बनाइएको छ।

यो निर्देशनले सरकारी सेवामा सर्वसाधारणको पहुँच सरल हुने र प्रशासनिक ढिलासुस्ती अन्त्य हुने विश्वास लिइएको छ।

 

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.