बिपी राजमार्गको रोशी खोलाको डाइभर्सन बगाएपछि सडक अवरुद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ६, आइतबार ०९:४१
बिपी राजमार्गको रोशी खोलाको डाइभर्सन बगाएपछि सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलटार सडक खण्ड आइतबार (आज) बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।

वर्षासँगै रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गका विभिन्न स्थानमा निर्माण गरिएका अस्थायी ‘डाइभर्सन’ बगाएकाले यातायात ठप्प भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढीले डाइभर्सनमा क्षति पुर्‍याएपछि सडक अवरुद्ध भएको हो । अहिले बिहानैदेखि डाइभर्सन मर्मतको काम सुरु गरिए पनि सडक सुचारु हुन केही समय लाग्ने बताइएको छ ।

सडक अवरुद्ध भएपछि गन्तव्यतर्फ हिँडेका सवारीसाधनहरूलाई राजमार्गको प्रवेश मार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ। प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न र अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेको छ।

गत असोजको बाढीपहिरोले बिपी राजमार्गको रोशी र सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएको थियो । त्यसयता खोलाको बगर र अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको थियो । गत चैत तेस्रो साता पनि सोही क्षेत्रको थप ४ किलोमिटर सडकमा क्षति पुगेपछि पुनः अस्थायी संरचना बनाइएको थियो ।

हाल डिभिजन सडक कार्यालय भक्तपुरले उक्त क्षेत्रमा स्थायी सडक निर्माणको काम गरिरहेको छ। तर, बर्खा लागेसँगै खोलामा आउने बाढीले अस्थायी ट्र्याक र डाइभर्सन पटक–पटक बगाउँदा यात्रुहरूले सास्ती खेप्नु परेको छ।

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.