बर्डफ्लु सङ्क्रमण नभेटिए पनि ३ जिल्लाबाट पक्षी आयातमा रोक

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ६, आइतबार १२:१३
बर्डफ्लु सङ्क्रमण नभेटिए पनि ३ जिल्लाबाट पक्षी आयातमा रोक

ताप्लेजुङ । ताप्लेजुङमा संकलन गरिएका पक्षी तथा पक्षीजन्य उत्पादनको नमुना परीक्षण गर्दा एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) भाइरस नभेटिएको पुष्टि भएको छ । यद्यपि, पूर्व सतर्कता अपनाउँदै तराईका ३ जिल्लाबाट हुने पक्षी तथा पक्षीजन्य उत्पादनको आयातमा लगाइएको प्रतिबन्धलाई भने निरन्तरता दिइने भएको छ।

जिल्ला बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँका अनुसार झापा, मोरङ र सुनसरी जिल्लाबाट पक्षी र पक्षीजन्य उत्पादन आयातमा गरिएको कडाइलाई यथावत् राखिएको छ । ताप्लेजुङ भित्रिने मुख्य नाकाहरूमा निगरानी बढाइएको र आयात–निर्यातमा कडाइ गरिएको उनले जानकारी दिए।

Advertisement

भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्राविधिकहरूले जिल्लाका १८ वटा पसलबाट नमुना संकलन गरी एन्टिजेन परीक्षण गरेका थिए । ती सबै नमुनाको नतिजा ‘नेगेटिभ’ आएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. रोशन दाहालले जानकारी दिए ।

उनका अनुसार बाहिरबाट थप आयात गरिएको बाहेक जिल्लाभित्रै रहेको उत्पादनको उपभोगका लागि कुनै समस्या देखिएको छैन । सङ्क्रमण फैलिन नदिन व्यवसायीहरूलाई आयातमा गरिएको प्रतिबन्ध पालना गरेर सहयोग गर्न समेत उनले आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
भारतले बाढीपीडितका लागि १० टन राहत सामग्री पठायो
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी
जलविद्युत आयोजनाका १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन
‘रसुवाको भोटेकोशी र सिन्धुपाल्चोकको भोटेकोशी एउटै होइनन्’
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी सम्पर्कविहीन
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 
बाढी पीडितको उद्धार र राहतमा जुट्न पूर्वराजाको अपिल
बाढीपीडितको उद्धार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको घोषणा
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले नेता पर्शुराम बस्नेतको अपिल (भिडियोसहित)
एनआरएनएले दिने भयो बाढीपीडितका लागि ५ करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×