चट्याङ लागेर मोरङमा २ जना महिला घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १३, आइतबार १२:०२

विराटनगर। मोरङका छुट्टाछुट्टै दुई स्थानमा चट्याङ लागेर २ जना महिला घाइते भएका छन्। आइतबार बिहान वर्षासँगै परेको चट्याङ लागेर पथरीशनिश्चरे र धनपालथानमा उनीहरू घाइते भएका हुन्।

प्रहरीका अनुसार बिहान करिब ७:५० बजे पथरीशनिश्चरे नगरपालिका–२ कालापानी बस्ने ४६ वर्षीया जानुका रेग्मी आफ्नै भान्सा घर अगाडि उभिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी छन्। उनको दाहिने खुट्टामा चोट लागेको छ। रेग्मीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी टोली खटिएर थप जानकारी लिएको छ।

त्यसैगरी, बिहान ८:०० बजे धनपालथान गाउँपालिका–२ पैटा बस्ने ३० वर्षीया भाल्सा देवी ऋषिदेव आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर घाइते भएकी छन्। उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ। ऋषिदेवको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। घटनाको जानकारी पाएपछि प्रहरी चौकी अमाहिबरातीबाट प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ।

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.