बिर्तामोडको डान्सबारमा झगडाः २ जना घाइते, ३ पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १४, सोमबार ०९:४७
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ

बिर्तामोड। झापाको बिर्तामोडस्थित एक डान्सबारमा भएको झगडामा परी दुईजना घाइते भएका छन्। बिर्तामोड नगरपालिका-२ स्थित गन्तव्य डान्सबारमा आइतबार राति करिब १:३० बजेको समयमा युवाहरूबीच कुटपिट भएको हो।

झगडामा परी मेचीनगर नगरपालिका-१ का २० वर्षीय सिद्धार्थ शाही र ३० वर्षीय कर्ण राई घाइते भएका छन्। शाहीको टाउकोमा चोट लागेको छ भने राईको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ। दुवै घाइतेको अवस्था सामान्य रहेको र उनीहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा मेचीनगर-१२ का २१ वर्षीय निशान लामा र २२ वर्षीय प्रशान्त लिम्बु तथा भद्रपुर नगरपालिका-८ का २२ वर्षीय नित्य राजवंशी छन्।

घटनामा संलग्न अर्जुनधारा नगरपालिका बस्ने २० वर्षीय लाक्पा तामाङ भने फरार रहेका छन्। उनको खोजी कार्य तीव्र पारिएको र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.