
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
उनकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले उक्त आदेश जारी गरेको हो ।
अदालतले गोल्छालाई थुनामुक्त गर्न नपर्ने कुनै आधार भए त्यसका बारेमा स्पष्ट कारणसहित पेस गर्न समेत निर्देशन दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।



















