नगरपालिकाले भत्कायो आफ्नै निर्माणाधीन भवन

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १६, बुधबार १३:५७
नगरपालिकाले भत्कायो आफ्नै निर्माणाधीन भवन

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै निर्माणाधीन प्रशासनिक भवन भत्काएको छ । भवन निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको पाइएपछि भवन भत्काइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको प्राविधिक, नगरप्रहरी र कर्मचारीसहितको टोलीले मंगलबार निर्माणाधीन भवन भत्काइदिएको हो । नगरपालिकाका प्रवक्ता कमल गिरीले भवनमा लगाइएको इँटा गुणस्तरहीन भएकाले भत्काइएको जानकारी दिए ।

Advertisement

भवन निर्माणको ठेक्का आकाश निर्माण सेवा सिन्धुपाल्चोकले लिएको थियो । सहरी विकास मन्त्रालय र नगरपालिकाको साझेदारीमा ५ करोड ८७ लाख १८ एक सय ३० रूपैयाँको बजेटमा १८ महिनाभित्र सक्ने गरी २०८२ मंसिर १३ गते सम्झौता भएको थियो ।

आर्थिक मितव्ययितासहित गुणस्तरीय काम गराउने सन्दर्भमा प्राविधिकसहितको निरीक्षण टोलीले अनुगमन गर्ने क्रममा भवनको दोस्रो तलाको काम गुणस्तरहीन पाइएकाले भत्काइएको गिरीले बताए । ‘आर्थिक मितव्ययितासहितको गुणस्तरीय काम गराउने अभियानमा छौं,’ गिरीले भने, ‘यस सन्दर्भमा प्राविधिकसहितको निरीक्षण टोलीले अनुगमन गर्ने क्रममा गुणस्तरीन पाइएकाले भत्काइएको हो ।’

निर्माणमा सम्बद्ध कम्पनीका सोम थिङले केही इँटा मिसिएर आएकाले काम गर्ने सिलसिलामा प्रयोग भएको स्वीकारेका छन् । तर, गुणस्तरहीन इँटा प्रयोग भएको भन्दैमा एक्कासि भत्काएको गुनासो थिङले गरेका छन् ।

‘इँटा भट्टामा नगई फोनको भरमा काम गरियो । केही गुणस्तरहीन इँटा मिसिएर आएछ,’ थिङले भने, ‘काम गर्ने सिलसिलामा त्यही गुणस्तरहीन इँटा प्रयोग भएछ । यसलाई निकाल भन्दिएको भए हामी निकाल्थ्यौं, सुध्रने अवसर नदिई ‘होपलेस’ गराउन खोजियो ।’ नगरपालिकाले भने गुणस्तरहीन काममा सम्झौता नहुने जनाएको छ ।

तपाइको प्रतिक्रिया
बालिका हत्या प्रकरण : आरोपीको बयान भिडियोमा, प्रहरी अनुसन्धानमाथि प्रश्न
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
स्कुल बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु 
‘एउटा शालिक ठड्याएर तीन वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’
देउवा र खड्काद्वारा सर्वोच्चमा बेग्लाबेग्लै रिट
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
दुर्गा प्रसाईंको घरबाट नियन्त्रणमा लिइएका सामानसहित उपस्थित हुन प्रहरीलाई सर्वोच्चको आदेश
परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपालले सर्बियामा असंलग्न आन्दोलनमा सहभागिता जनाउने
नेपालले सर्बियामा असंलग्न आन्दोलनमा सहभागिता जनाउने
 बालिका हत्या प्रकरण: थप एक आरोपी पक्राउ 
बालिका हत्या प्रकरण: थप एक आरोपी पक्राउ 
मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन एमालेले जारी गर्‍यो ह्विप
लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×