दुर्घटनामा २० जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार १८:५६
 झापामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकामा बिहीबार जिप दुर्घटना हुँदा २० जनाको घटनास्थलमै मृत्यु भएको छ । रुकुम पूर्वबाट रोल्पाको पर्यटकीय क्षेत्र जलजलातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थवाङ गाउँपालिका–१ जलजला पुग्नै लाग्दा जिप अनियन्त्रित भई सडकबाट करिब ८ सय मिटर तल खसेको थियो । दुर्घटनामा परी २० जनाको मृत्यु भइसकेको र बाँकीको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । अत्यधिक वर्षाका कारण उद्धार कार्य तथा थप विवरण संकलनमा समेत कठिनाइ भएको जनाइएको छ।

Advertisement

दुर्घटनामा परेर मृत्यु हुने पहिचान खुली नसकेको प्रहरीले जनाएको छ । जिपमा कति जना सवार थिए र दुर्घटनाको वास्तविक कारण के हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.