विकास आयोजनाको सुरक्षा खोज्दै युवा र व्यवसायी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख १७, बिहीबार २०:०७
विकास आयोजनाको सुरक्षा खोज्दै युवा र व्यवसायी

विराटनगर । ताप्लेजुङका युवा अगुवा, निर्माण व्यवसायी र सरोकारवालाहरूले जिल्लाका ठुला विकास आयोजनाहरूलाई निर्धक्कसँग अघि बढाउने वातावरण मिलाउन नेपाल सरकारसँग माग गरेका छन् । बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले निर्माणाधीन पाथीभरा केबलकार लगायतका आयोजनाको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका हुन् ।

ताप्लेजुङ विकासप्रेमी युवा समाजका संयोजक प्रकाश मादेनसहितको टोलीले बुझाएको ज्ञापनपत्रमा केबलकार, जलविद्युत आयोजना, प्रसारण लाइन र अन्य उद्योग व्यवसायमा संलग्न लगानीकर्ताको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ ।

Advertisement

ज्ञापनपत्रमा सुकेटार–काफ्लेपाटी सडक खण्ड (११ किमी) को कालोपत्रे कार्य छिटो सम्पन्न गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । पाथीभरा (मुक्कुमलुङ) क्षेत्रको धार्मिक र सांस्कृतिक महत्वलाई जोगाउँदै केबलकार निर्माणले जिल्लाको पर्यटन र अर्थतन्त्रमा ठुलो टेवा पुग्ने उनीहरूको विश्वास छ ।

‘स्थानीयकै मागअनुसार निजी क्षेत्रले लगानी गरेको यो आयोजना चाँडो सम्पन्न हुनुपर्छ भन्ने आम अपेक्षा छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘केबलकार सञ्चालनमा आएपछि रोजगारी सिर्जना हुने र समग्र जिल्लाकै आर्थिक गतिविधि चलायमान हुनेछ ।’

ज्ञापनपत्रमा युवा समाजका संयोजक प्रकाश मादेन, निर्माण व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष जसबहादुर चेम्जोङ, उपाध्यक्ष इन्द्र केदेम, जेन जी ताप्लेजुङका संयोजक गोपाल गुरागाईं र युवा अगुवा सागर लामगादेले हस्ताक्षर गरेका छन् ।

उनीहरूले विकास निर्माणमा अवरोध पुर्‍याउने तत्त्वहरूलाई निरुत्साहित गरी लगानीमैत्री वातावरण बनाउन सरकारसँग जोडदार माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
भारतले बाढीपीडितका लागि १० टन राहत सामग्री पठायो
रसुवाको बाढीमा ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी
जलविद्युत आयोजनाका १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन
‘रसुवाको भोटेकोशी र सिन्धुपाल्चोकको भोटेकोशी एउटै होइनन्’
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ९५ पुग्यो, २८ प्रहरी सम्पर्कविहीन
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
श्रद्धा र सद्भावका साथ १५०१ औँ मोहम्मद जयन्ती मनाइयो (फोटो फिचर) 
हिमताल विस्फोटबाट भएको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त 
बाढी पीडितको उद्धार र राहतमा जुट्न पूर्वराजाको अपिल
बाढीपीडितको उद्धार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको घोषणा
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले नेता पर्शुराम बस्नेतको अपिल (भिडियोसहित)
एनआरएनएले दिने भयो बाढीपीडितका लागि ५ करोड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×