पाथीभरामा तीर्थयात्री सहजकर्ताका लागि उमेर हद तोकियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार १४:५३
मुक्कुम्लुङ पाथीभरा केबलकार विवाद सुल्झाउन सरकारद्वारा कार्यदल गठन 

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्रमा अब १८ वर्ष पूरा भई ५५ वर्ष ननाघेका व्यक्तिहरूले मात्र तीर्थयात्री सहजकर्ता’ (भरिया) को रूपमा काम गर्न पाउने भएका छन् ।

पाथीभरा क्षेत्र विकास समितिले तीर्थयात्रीहरूको सुरक्षा र सेवालाई थप व्यवस्थित बनाउन यस्तो उमेर हद तोकेको हो । विकास समितिले १८ देखि ५५ वर्ष उमेर समूहका इच्छुक व्यक्तिहरूलाई आगामी वैशाख २४ गते बिहीबारभित्र आवेदन दिन आह्वान गरेको छ ।

Advertisement

समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार, यसअघि तीर्थयात्री सहजकर्ताहरूले काफ्लेपाटी–फेदीस्थित होटेल व्यवसायी संघमार्फत परिचयपत्र लिएर काम गर्दै आएका थिए । अब भने विकास समिति आफैँले उमेर समूह निश्चित गरी सबै सहजकर्ताहरूको विस्तृत व्यक्तिगत विवरण अद्यावधिक गर्न लागेको हो ।

यो नयाँ व्यवस्थासँगै पाथीभरा क्षेत्रको तीर्थाटन थप सुरक्षित, मर्यादित र व्यवस्थित हुने अपेक्षा गरिएको छ। विवरण संकलन पश्चात समितिले आधिकारिक परिचयपत्र वितरण गरी उनीहरूलाई जिम्मेवारी तोक्ने योजना बनाएको छ।

तपाइको प्रतिक्रिया
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.