कविता प्रतियोगितामा विराटनगरका विशाल साह प्रथम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २०, आइतबार १८:३९
कविता प्रतियोगितामा विराटनगरका विशाल साह प्रथम

इटहरी । सुनसरीको तरहरामा आयोजित दोस्रो राष्ट्र व्यापी कविता प्रतियोगितामा विराटनगरका कवि विशालकुमार साह प्रथम भएका छन् ।  ‘मौनको एल्गोरिदम’ शीर्षकको कविता वाचन गर्दै उनले नगद ५१ हजार ५४७ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे ।

इटहरी–२० तरहराको श्री जनसहयोग माध्यमिक विद्यालयको २०५० सालको एसएलसी समूहद्वारा आयोजना गरेको प्रतियोगितामा देशभरको ५४७ कवितामध्ये उत्कृष्ट १० रचनालाई अन्तिम चरणका लागि छनोट गरिएको थियो ।

प्रतियोगितामा मकवानपुरका सुवास सजल ‘चिडियाखाना’ शीर्षकको कविता द्वितीय हुँदै ४१ हजार ५५५ रुपैयाँ प्राप्त गरे भने इलामका ऋजन मायालुको ‘म बारुद भएको छु’ कविता तृतीय हुँदै ३१ हजार ५५५ रुपैयाँ प्राप्त गरे । अन्तिम चरणमा पुगेका अनिल सुवेदी (धनकुटा), कल्पना मरासिनी (अर्घाखाँची), टीकाराम कार्की (मोरङ), प्रचुर अभाव (झापा), प्रज्ञा निरौला (सोलुखुम्बु), विश्वराम खत्री (भक्तपुर) र सवि मेवाहाङ (सुनसरी) लाई जनही ५ हजार ५५५ रुपैयाँ ‘सृजनशील पुरस्कार’ प्राप्त गरे ।

प्रतियोगिताका संयोजकका अनुसार कार्यक्रम स्वर्गीय नारायणप्रसाद पौडेलको स्मृतिमा गत वर्षदेखि हुँदै आएको हो । कार्यक्रममा वरिष्ठ कवि मनप्रसाद सुब्बाको प्रमुख आतिथ्य भएको थियो । सोही अवसरमा महेशबाबु तिम्सिनाद्वारा लिखित कविता संग्रह ‘अक्षरहरूको क्यानभास’को विमोचन गरियो । कार्यक्रममा नेपाल र भारतका स्थापित कविहरूले समेत आफ्ना रचना वाचन गर । प्रतियोगिताको निर्णायक समितिमा कविहरू राजा पुनियानी, भूषिता वशिष्ठ र हेमन यात्री रहेका थिए ।

आयोजक समूहका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार आफ्ना दिवंगत मित्र नारायणप्रसाद पौडेलको स्मृतिमा गत वर्षदेखि प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष एवं अग्रज साहित्यकार विवश पोखरेल, कवि मनु मञ्जिल, साहित्यकार भीमप्रसाद खतिवडा, बद्रीविशाल पोखरेल, गोकुल अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.