सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लगाए दर्ज्यानी चिह्न

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २१, सोमबार १०:२३
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक (आइजिपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न (फुली) लगाएका छन् ।

गृह मन्त्रालयमा आयोजित एक विशेष समारोहका बीच सचिव राजकुमार श्रेष्ठले नवनियुक्त आइजिपी पौडेललाई दर्ज्यानी चिन्ह लगाइ दिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बाट पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

निवर्तमान आइजिपी राजु अर्यालले १८ वैशाखदेखि अनिवार्य अवकाश पाएपछि सरकारले पौडेललाई सशस्त्र प्रहरीको नेतृत्व सुम्पिएको हो । दर्ज्यानी चिन्ह लगाएपछि महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बलको कमान्ड औपचारिक रूपमा समाले छन् ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू र सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो । पदभार ग्रहण गर्दै नवनियुक्त आइजिपी पौडेलले संगठनको व्यावसायिकता, सुदृढीकरण र सीमा सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

तपाइको प्रतिक्रिया
झापाको विद्यालयमा एक महिनाभित्रमा दुई पटक चोरी
इटहरी अख्तियारमा पुगेर अनुसन्धानको फाइल देखाउन सांसदको दबाब
सुनचाँदीको मूल्य फेरी बढ्यो 
भारतीय सवारी चालकसँग अवैध रकम असुल्ने ३ जना पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
खामेनीको हत्यालाई लिएर इरानको कडा चेतावनी, ‘जिम्मेवार पक्षसँग बदला लिएरै छाड्छौं’
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
फिफा विश्वकप २०२६ः बोस्नियालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
साइकलसहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
बजेटकै कारण कोशी सरकार अप्ठ्यारोमा, संशोधनको बाटो खोज्दै सत्ता गठबन्धन
थमन विक हत्या प्रकरणको फैसला उल्टियो, एमालेका पूर्वसांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद
पथरीशनिश्चरेबाट १९६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.