
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १९ जना पदाधिकारी पदमुक्त भएका छन् ।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश लागू गरेसँगै मन्त्रिपरिषद्बाट नियुक्त भएका राखेपका पदाधिकारीहरू वैशाख १९ गतेदेखि स्वतः पदमुक्त भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता मनिता श्रेष्ठका अनुसार अध्यादेशको दफा २० को उपदफा १ बमोजिम उनीहरू पदमुक्त भएका हुन् ।
यी हुन् पदमुक्त हुनेहरु




















