समस्याग्रस्त सहकारीका ठूला ऋणी सार्वजनिक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २४, बिहीबार ०७:१५

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न थालेको छ । पहिलो चरणमा १० वटा सहकारी संस्थासँग सम्बन्धित ठूला ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं–हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी, गौतम श्री सहकारी तथा नेपाल सहकारी वित्तीय संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको हो ।

Advertisement

समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूलाई तत्काल कार्यालयमा सम्पर्क गरी बक्यौता ऋण चुक्ता गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र ऋण भुक्तानी नगरे कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।

समितिले अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको विवरण समेत क्रमशः सार्वजनिक गरिने जनाएको छ । साथै, सार्वजनिक सूचीमा नपरेका ऋणीहरूलाई समेत स्वेच्छाले सम्पर्कमा आई ऋण तिर्न आग्रह गरिएको छ ।

यी हुन् ठूला ऋणीहरु

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.