छोटी भन्सार हटाउने निर्णयप्रति रास्वपाको ध्यानाकर्षण 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २५, शुक्रबार १५:११
छोटी भन्सार हटाउने निर्णयप्रति रास्वपाको ध्यानाकर्षण 

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा रहेको छोटी भन्सार कार्यालय हटाउने सरकारको निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

रास्वपा सिरहाका सभापति हरिप्रसाद मैनालीले एक ध्यानाकर्षण पत्र जारी गर्दै छोटी भन्सार कार्यालयलाई विस्थापित गर्नुको सट्टा त्यसलाई आधुनिक र सुविधा सम्पन्न भन्सार कार्यालयका रूपमा विकास गर्न सरकारसँग माग गरिएको छ । सिमानामा हुने व्यापारिक सहजता र स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै कार्यालयको स्तरोन्नति आवश्यक रहेको रास्वपाको ठहर छ ।

Advertisement

ध्यानाकर्षण पत्रमार्फत रास्वपाले सिरहाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य लगायतका जनप्रतिनिधिहरूलाई राज्य र जनताको हित अनुकूल हुने गरी यस विषयमा आवश्यक पहल कदमी लिन समेत अनुरोध गरेको छ ।

यद्यपि, रास्वपाले यस विषयमा आफ्नो विरोधको स्वरूप भने भिन्न राखेको छ । जिल्ला सभापति मैनालीले जारी गरेको सोही ध्यानाकर्षण पत्रमा पार्टीका नेता, कार्यकर्ता तथा पदाधिकारीहरूलाई सरकारको निर्णयविरुद्ध सडक आन्दोलन, प्रदर्शन वा भौतिक विरोधका कार्यक्रमहरू नगर्न निर्देशन दिइएको छ ।

पार्टीले संयमित रहेर आफ्ना मागहरू सम्बन्धित निकायसम्म पुर्‍याउने बताएको छ । बरियारपट्टी छोटी भन्सार कार्यालय हटाउने सरकारी निर्णय सार्वजनिक भएदेखि नै स्थानीय बासिन्दा र व्यापारीहरू भने आक्रोशित छन् । कार्यालय हटाउँदा व्यापार र दैनिक जीवनमा असर पर्ने भन्दै उनीहरूले विगत केही समयदेखि निरन्तर विरोध र आन्दोलनका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया
एमालेको राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे नियुक्त
एमालेको राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे नियुक्त
छोटी भन्सार हटाउने निर्णयप्रति रास्वपाको ध्यानाकर्षण 
छोटी भन्सार हटाउने निर्णयप्रति रास्वपाको ध्यानाकर्षण 
सूचना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
दलीय आबद्धता नभएका र विद्यावारिधि गरेका मात्रै विश्वविद्यालयको उपकुलपति 
‘कार्यक्षमताका आधारमा प्रधान न्यायाधीश सिफारिस’
विदेशस्थित १५ अवैतनिक दूत पदमुक्तदेखि संसद् सम्बोधनसम्म, मन्त्रिपरिषद्का यी हुन् ४ मुख्य निर्णय
प्रधान न्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट, न्यायालयभित्रै असन्तुष्टि
विराटनगरमा लामो संघर्षपछि आशा र जिज्ञासाले पाए आमाको नामबाट नागरिकता
हर्कको असन्तुष्टि, उपसभामुखमाथि पनि प्रश्न
होर्मुजमा फेरि हमला, अमेरिका–इरान तनाव चर्कियो
दुई जना पूर्वमन्त्रीलाई मृत्युदण्ड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.