ई-बिडिङ प्रकरण : २२ जनाविरुद्ध मुद्दा दर्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार १५:५७

काठमाडौं। ई-बिडिङ प्रणाली ह्याक गरी ठेक्का हत्याएको प्रकरणमा २२ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले संगठित अपराध र क्रिप्टो कारोबार समेतको कसुरमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका प्रतिवादीहरूमा सहरी तथा भवन निर्माण आयोजना धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजा, कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे, थुम्का निर्माण सेवाका सञ्चालक सञ्जय भट्टसहित विभिन्न निर्माण व्यवसायी र कर्मचारीहरू छन् । सीआईबीले हालसम्म १३ जनालाई पक्राउ गरेको छ भने बाँकीलाई फरार प्रतिवादी कायम गरिएको छ ।

Advertisement

अनुसन्धानका क्रममा कम्प्युटर अपरेटर दिवाकर देउजाले सार्वजनिक खरिद अनुगमन कार्यालयको ई-जीपी प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काको विवरण हेरफेर गर्ने गरेको खुलेको छ । उनले बोलपत्रको समय सकिएपछि प्राविधिक माध्यमबाट प्रणालीको ‘ब्याकडोर’ प्रयोग गरी ठेकेदारहरूको आर्थिक प्रस्ताव संशोधन गरेर सबैभन्दा कम मूल्य राख्ने र ठेक्का दिलाउने गरेको पाइएको छ । यसबापत उनले ठेकेदारहरूसँग मोटो रकम बार्गेनिङ गर्ने गरेका थिए ।

प्रहरीका अनुसार देउजाले ‘जीवन लिम्बु’ नामक नक्कली पात्र खडा गरी ह्वाट्स एप र इमेलमार्फत ठेकेदारहरूसँग सम्पर्क गर्ने गरेका थिए । यस प्रकरणमा अर्का प्रतिवादी कम्प्युटर इन्जिनियर भाष्करराज अर्यालले अवैध रुपमा बिटक्वाइनमार्फत भुक्तानीको व्यवस्था मिलाउने गरेको देखिएको छ ।

मुख्य योजनाकार भनिएका देउजा यसअघि २०७७ सालमा नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा समेत पक्राउ परेका व्यक्ति हुन् । ठेक्काको आर्थिक प्रस्ताव खोल्नु अगावै डकुमेन्ट परिवर्तन हुने गरेको उजुरी परेपछि सीआईबीले यस संगठित अपराधको अनुसन्धान सुरु गरेको थियो ।

तपाइको प्रतिक्रिया
जीवन विकास लघुवित्तको वार्षिक पुरस्कार वितरण
जंगली च्याउ खाँदा झापाको बाह्रदशीमा एकै परिवारका ११ जना बिरामी
ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न
ग्रासरुट छात्रा क्रिकेट महोत्सव सम्पन्न
क्यानकाे विवाद पेचिलाे, साधारणसभामा अध्यक्ष र सदस्यसचिवबीच सवाल-जवाफ
चित्रकलाबाट जलवायु परिवर्तनको जोखिम र अपाङ्गता भएका व्यक्तिको समस्या उजागर
सरकारद्वारा जारी ८ अध्यादेश: राष्ट्रिय सभामा बहुमत नहुँदा पारित गर्न चुनौती
तरुण दलमा विधानअनुसार तदर्थ समिति गठन गर्न माग
मापसे गरेर गाडी चलाएका मेयरलाई जरिबाना तिराएर छाडियो
पाकिस्तानको खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण, १५ प्रहरीको मृत्यु
कम्युनिस्ट एकताको आवश्यकता झन् बढेको छ : प्रचण्ड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.