विराटमा नयाँ यूरो वार्ड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार ०७:०९

विराटनगर । विराट मेडिकल कलेज टिचिङ अस्पतालले यूरोलोजी, एन्ड्रोलोजी तथा रेनल ट्रान्सप्लान्ट सेवाका लागि छुट्टै अत्याधुनिक वार्ड सञ्चालनमा ल्याएको छ ।

अस्पतालको पाँचौं तल्लामा निर्माण गरिएको ७० बेड क्षमताको नयाँ वार्ड औपचारिक रूपमा उद्घाटन गरिएको हो । मूत्र प्रणाली, पुरुष प्रजनन स्वास्थ्य र मिर्गौला रोगसम्बन्धी बिरामीलाई एकीकृत तथा विशेषज्ञ सेवा दिने उद्देश्यले वार्ड सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

Advertisement

नयाँ वार्डमा आधुनिक शल्यक्रिया कक्ष, अत्याधुनिक परीक्षण उपकरण तथा विशेषज्ञ चिकित्सकको टोली व्यवस्था गरिएको छ । अस्पतालका संस्थापक अध्यक्ष प्रो.डा. ज्ञानेन्द्रमान सिंह कार्की, वरिष्ठ यूरो सर्जन प्रो.डा. चन्द्रशेखर अग्रवाल, प्रो.डा. दीपककुमार ठाकुर र डा. इमरान अन्सारीले संयुक्त रूपमा वार्ड उद्घाटन गरेका थिए ।

यसअघि यूरोलोजी र सर्जरीका बिरामी एउटै वार्डमा राखिँदा व्यवस्थापनमा कठिनाइ हुने गरेको थियो । अब तीनवटै सेवा एउटै स्थानबाट सञ्चालन हुँदा उपचार प्रक्रिया सहज र प्रभावकारी हुने अस्पतालको दाबी छ ।

अस्पतालमा हाल दूरबिन र लेजर प्रविधिबाट शल्यक्रिया हुँदै आएको छ । आगामी दिनमा मिर्गौला प्रत्यारोपण र रोबोटिक सर्जरी सेवा समेत सुरु गर्ने योजना रहेको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
सेयर बजार परिसूचक नेप्सेमा ४.१५ अंकको गिरावट, कारोबार रकममा भारी कमी
आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा
सांसद पराजुलीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, सभामुखलाई पत्र
प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
चाउचाउको र्‍यापरमा तिरिएको अन्तःशुल्क कट्टी गर्न पाउने सर्वोच्चको फैसला
प्रधानमन्त्री नहुँदा पनि सदन चल्ने सभामुखको दाबी, सांसद बरालले देखाए खाली पाना
प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्ने अधिकार आफूसँग छैन : सभामुख अर्याल
राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम पेस, छलफल सुरु
विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित
थापाका शब्द हटाएको विषयमा एमालेद्वारा स्पष्टीकरण माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.