विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३०, बुधबार १५:३२

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। कपिलवस्तु, गोरखा, सर्लाही, तनहुँ र बागलुङमा भएका यी दुर्घटनामा परी बालकदेखि वृद्धसम्मले ज्यान गुमाएका हुन्।

कपिलवस्तुको वाणगंगा नगरपालिका–८ चप्परगाउँमा मंगलबार राति लु १ ज ००१३ नम्बरको हाइसले बा ०२–०४८ प ७१२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बझाङका २१ वर्षीय रविनगुर धामीको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का एक जनाको सामुदायिक अस्पताल कपिलवस्तुमा उपचार भइरहेको छ। प्रहरीले हाइस चालकलाई नियन्त्रणमा लिएको छ।

Advertisement

गोरखामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ। भिमसेन थापा गाउँपालिका–२ रातामाटेमा ना ६ त ६०५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा १३ वर्षीय बिक्रम बस्यालको मृत्यु भएको छ। मंगलबार घाइते भएका उनको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो। त्यसैगरी गोरखा नगरपालिका–१३ तीनकिलोमा बा ९९ प ५५९ नम्बरको मोटरसाइकलको ठक्करबाट अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको छ। उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो।

सर्लाहीको रामनगर गाउँपालिका–५ बैजनाथ चोकमा ज ७ प २६१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा भारतीय नागरिक ३५ वर्षीय गौरब पटेलको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका अर्का एक जनाको भारतको सीतामढीमा उपचार भइरहेको छ।

यता तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनिबसको ठक्करबाट ७० वर्षीय बिर्ख बहादुर चुमीको घटनास्थलमै मृत्यु भएको छ। प्र ३–०१–००१ प १६०९ नम्बरको मिनिबसले उनलाई ठक्कर दिएको थियो। प्रहरीले मिनिबस चालकलाई नियन्त्रणमा लिएको छ।

बागलुङको ढोरपाटन नगरपालिका–५ लामडाँडामा ध १ त ५७७ नम्बरको ट्याक्टर अनियन्त्रित भई गोठ माथि खस्दा १६ वर्षीय सुशिल कुमार बिकको मृत्यु भएको छ। मंगलबार भएको दुर्घटनामा घाइते सुशिलको बुधबार बिहान बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ। सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

तपाइको प्रतिक्रिया
सेयर बजार परिसूचक नेप्सेमा ४.१५ अंकको गिरावट, कारोबार रकममा भारी कमी
आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले दिए राजीनामा
सांसद पराजुलीको अभिव्यक्तिप्रति नेपाल बारको आपत्ति, सभामुखलाई पत्र
प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
चाउचाउको र्‍यापरमा तिरिएको अन्तःशुल्क कट्टी गर्न पाउने सर्वोच्चको फैसला
प्रधानमन्त्री नहुँदा पनि सदन चल्ने सभामुखको दाबी, सांसद बरालले देखाए खाली पाना
प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्ने अधिकार आफूसँग छैन : सभामुख अर्याल
राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम पेस, छलफल सुरु
विपक्षीको अवरोधपछि प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित
थापाका शब्द हटाएको विषयमा एमालेद्वारा स्पष्टीकरण माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.