विद्यार्थी नेताको शपथ तथा पदभार ग्रहण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार ०६:२५

विराटनगर । विराटनगर महानगरपालिका–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा शैक्षिक वर्ष २०८३ का लागि निर्वाचित विद्यार्थी नेताहरुको शपथ तथा पदभार ग्रहण सम्पन्न भएको छ ।

विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न पदमा निर्वाचित विद्यार्थीहरुलाई प्रिन्सिपल टीकाराम पुरीले सपथ गराएका हुन् । निर्वाचित नेतृत्वले एक वर्षसम्म विद्यार्थी र विद्यालय प्रशासनबीच समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।

Advertisement

विद्यार्थीका समस्या शिक्षक तथा प्रशासनसम्म पुर्‍याउने, समाधान खोज्ने तथा विभिन्न रचनात्मक र अतिरिक्त क्रियाकलापमा नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवारी उनीहरुलाई दिइएको विद्यालयले जनाएको छ । विद्यालयमा लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन प्रक्रिया सम्पन्न गरी हाउस मनिटर, भाइस मनिटर, तहगत क्याप्टेन तथा भाइस क्याप्टेन, विभिन्न क्लबका क्याप्टेन, भाइस क्याप्टेन, प्रिफेक्ट र डेपुटी प्रिफेक्ट चयन गरिएको थियो ।

नृत्य, संगीत, फाइन आर्ट, टेबलटेनिस, स्काउट, कराँते, बास्केटबल, स्वीमिङ, फुटबल र तेक्वन्दो क्लबका साथै वक्तृत्वकला, हिज्जे, हाजिरीजवाफ, वादविवाद, कथा लेखन तथा वाचन र समाचार क्लबका लागि समेत नेतृत्व चयन गरिएको विद्यालयले जनाएको छ । विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीका अनुसार तल्लो तहका लागि कक्षा ८ कञ्चनजंघाकी आरुबी भट्टराई प्रिफेक्ट र कक्षा ७ गौरीशंकरका शिवांशु कर्ण डेपुटी प्रिफेक्ट निर्वाचित भएका छन् ।

त्यसैगरी मावि तहमा कक्षा १० अन्नपूर्णकी मान्यता बस्नेत प्रिफेक्ट तथा कक्षा ९ कञ्चनजंघाका आरिन जङ थापा डेपुटी प्रिफेक्ट बनेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पुरीले निर्वाचित विद्यार्थी अब विद्यार्थी मात्र नभई नेता पनि बनेको बताए ।

उनले नेतृत्वसँगै जिम्मेवारी, जवाफदेहिता र उत्तरदायित्व थपिएको उल्लेख गर्दै जीवनमा शैक्षिक ज्ञानसँगै नेतृत्व क्षमता पनि उत्तिकै आवश्यक हुने धारणा राखे । कुनै पनि संस्था सफल बनाउन कुशल नेतृत्व आवश्यक पर्ने भन्दै उनले राम्रो काममार्फत अरुलाई प्रेरित गर्न सक्ने व्यक्ति नै वास्तविक नेता हुने बताए ।

तपाइको प्रतिक्रिया
पूर्वगृहमन्त्री गुरुङलाई चोख्याउन छानबिन समिति गठन गरिएको कांग्रेसको आशंका
यो वर्ष मनसुनजन्य विपदबाट सवा २ लाख जनसंख्या प्रभावित हुने
जेनजी आन्दोलनका अगुवाहरूद्वारा संविधान संशोधन सम्बन्धी छलफल बहिष्कार
सुनको मूल्य तोलामा ४ हजारले घट्यो, चाँदी पनि सस्तियो
अनौपचारिक शिक्षाको तथ्याङ्क पनि अब ‘इमिस’ प्रणालीमा
गुप्तचर विभाग पुनः प्रधानमन्त्री कार्यालय मातहत
पुनः श्रम स्वीकृति पूर्ण स्वचालित बनाइँदै, ७ देशसँग नयाँ श्रम सम्झौताको तयारी
ट्राफिक प्रहरीले एक दिनमा संकलन गर्याे १९ लाख ९५ हजार जरिवाना
मधेशका मुख्यमन्त्रीले विश्वासकाे मत लिदै
शक्तिशाली प्रधानमन्त्री, यी हुन् नियमावलीले ताेकेकाे काम
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.