प्रहरी निरीक्षक सागर साह वैशाख महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १, शुक्रबार १९:४८
प्रहरी निरीक्षक सागर साह वैशाख महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ 

विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साह ‘वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभागीय मूल्यमान्यता र आदेश निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको भन्दै कोसी प्रदेश प्रहरीले साहलाई यो सम्मान प्रदान गरेको जनाएको छ ।

Advertisement

प्रहरी निरीक्षक साहले इलाका प्रहरी कार्यालय लेटाङको नेतृत्व सम्हालेपछि शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य सुधार ल्याएको बताइएको छ ।

फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनअन्तर्गत विशेष टोली परिचालन गरी लामो समयदेखि फरार रहेका ठुलो संख्याका प्रतिवादीहरूलाई पक्राउ गरी अदालतमा बुझाउन उनी सफल भएका छन् ।

प्रविधिमैत्री प्रहरी सेवालाई विशेष प्राथमिकतामा राखेका छन् । उनले अपराध रोकथाम र अनुसन्धान कार्यलाई प्रभावकारी बनाउन ‘ड्रोन क्यामेरा’को प्रयोगलाई प्राथमिकता दिएका छन्, जसले प्रहरीको कार्यक्षमतामा आधुनिकता थपेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नागरिक सहायता कक्षमा डिजिटल डिस्प्ले बोर्ड जडान गरी जनचेतनामूलक सन्देश प्रवाह गर्ने, सञ्चार शाखाको निर्माण गर्ने र नागरिक प्रहरी सम्बन्धलाई प्रगाढ बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ ।
व्यावसायिक र रचनात्मक कार्यहरूको उच्च मूल्यांकन गर्दै प्रहरी निरीक्षक साहलाई पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
ग्यास अभाव : तोकिएभन्दा बढी मूल्य तिर्न उपभोक्ता बाध्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.