पुरुषोत्तम माससँगै मच्छेनारायणमा भक्तजनको भिड

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार ११:३९

काठमाडौं । काठमाडौंको मच्छेगाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा आज (आइतबार)देखि एक महिने पुरुषोत्तम मास अर्थात् अधिक मास मेला सुरु भएको छ ।

‘मलमास मेला’का रूपमा परिचित यस धार्मिक मेलामा काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट भक्तजनहरूको ठूलो भिड लाग्न थालेको छ । धार्मिक विश्वासअनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजाआराधना गरे पाप नष्ट भई पुण्य प्राप्त हुने मान्यता छ ।

Advertisement

यही आस्थाका साथ श्रद्धालुहरू दर्शन, पूजा तथा भाकल पूरा गर्न मन्दिर पुगिरहेका छन् । मन्दिर परिसरमा सुनको जलप लगाइएको गरुडद्वार र माछाको मुखबाट प्रकट भएको भगवान् मत्स्यनारायणको मूर्ति मुख्य आकर्षण बनेको छ ।

चार हातमा शंख, चक्र, गदा र पद्म धारण गरेको उक्त मूर्ति हेर्न दैनिक हजारौँ भक्तजन पुग्ने गरेका छन् । पुराणअनुसार भगवान् विष्णुको पहिलो अवतार मत्स्य अवतार मानिन्छ । धार्मिक कथाअनुसार प्रलयकालमा भगवानले मत्स्यरूप धारण गरी वेदको रक्षा गरेको विश्वास रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.