जंगली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु, एकको अवस्था गम्भीर

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३, आइतबार १३:५०
जंगली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु, एकको अवस्था गम्भीर

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा जंगली च्याउ खाँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–१ कुलबाङका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नमुनाको गत जेठ १ गते र सञ्जयको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो ।
गत वैशाख २९ गते स्थानीय श्यामबहादुर चेपाङको परिवारका पाँच सदस्यले जंगली च्याउ खाएका थिए ।

Advertisement

च्याउ खाएपछि बिरामी परेकामध्ये तीन जनालाई जेठ १ गते उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा ९ वर्षीया नमुनाको सोही दिन जेठ १ गते ज्यान गएको थियो भने सञ्जयको शनिबार राति उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिरामी परेकी १३ वर्षीया मनिता चेपाङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । मनिताको अवस्था अझै गम्भीर रहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.