
विराटनगर । खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज मोरङ जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न समाजको तेस्रो अधिवेशन तथा १३औँ वार्षिक साधारणसभाले मुकेश बुढाथोकीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा सुजन बुढाथोकी, उपाध्यक्षमा टंकबहादुर बुढाथोकी र सचिवमा रञ्जना बुढाथोकी चयन भएका छन् । त्यसैगरी सहसचिवमा युवराज बुढाथोकी र कोषाध्यक्षमा सीता बुढाथोकी चयन भएका छन् ।
समितिको सदस्यहरुमा ज्ञानबहादुर बुढाथोकी, हरिशचन्द्र बुढाथोकी, वीरबहादुर बुढाथोकी, नरबहादुर बुढाथोकी, नारायण बुढाथोकी र रविन बुढाथोकी रहेका छन् । यस्तै, संस्थाको आर्थिक पारदर्शिता र नियमनका लागि गठित लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा प्रकाश बुढाथोकी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष मुकेश बुढाथोकीले आफ्नो कार्यकालमा खप्तडी बुढाथोकी समाजको एकता, संस्थागत विकास र समुदायको हितका लागि सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

























