अदालतको अपहेलना मुद्दामा युट्युबरलाई जेल सजाय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १४:२५

एजेन्सी । न्यायपालिकाविरुद्ध आपत्तिजनक र विवादास्पद टिप्पणी गरेको ठहर गर्दै दिल्ली उच्च अदालतले भारतीय युट्युबर गुल्शन पाहुजालाई ६ महिनाको जेल सजाय सुनाएको छ ।

अदालतको अपहेलना सम्बन्धी मुद्दामा दोषी ठहर गर्दै उच्च अदालतले युट्युबर गुल्शन पाहुजालाई ६ महिनाको कैदसँगै २ हजार भारतीय रुपैयाँ जरिबाना समेत तोकेको हो । पाहुजाले आफ्ना भिडियोहरू तथा अदालतमा बहसकै क्रममा समग्र न्यायप्रणालीमाथि नै प्रहार हुने गरी विवादास्पद अभिव्यक्ति दिएका थिए ।

Advertisement

उनले भारतीय न्याय प्रणालीप्रति चरम असन्तुष्टि व्यक्त गरेर आफूलाई अदालत र न्याय प्रणालीबाट कुनै आशा नभएको भन्दै आपत्तिजनक टिप्पणी गरेका थिए । सोही अभिव्यक्तिका कारण अदालतको गरिमालाई गिराउन खोजेको भन्दै उनलाई सजाय सुनाइएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.