
काठमाडौं । भारतको लखिमपुर खिरीमा ट्रक र म्याजिक भ्यान ठोक्किएर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।
धौरहरा कोतवाली क्षेत्रअन्तर्गत भरेहटा गाउँनजिक भएको दुर्घटनामा तीन महिलासहित १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । जिल्लाधिकारी अञ्जनीकुमार सिंहका अनुसार लखिमपुरबाट बहराइचतर्फ गइरहेको म्याजिक भ्यान विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।
दुर्घटनापछि घटनास्थलमा उद्धार टोली परिचालन गरिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















