साफ महिला च्याम्पियनसिपको उद्घाटनमा नेपाल र भुटान भिड्दै

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार ०९:४०

काठमाडौं । साफ महिला च्याम्पियनसिपको आठौं संस्करण आज (सोमबार)देखि भारतको गोवामा सुरु हुँदैछ ।

प्रतियोगितामा उपाधि जित्ने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय फुटबल टोली मैदान उत्रिएको छ । नेपालले आफ्नो पहिलो एवं उद्घाटन खेलमा सोमबार भुटानसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

समूह ‘ए’ मा रहेको नेपाल र भुटानबीचको खेल गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा नेपाली समयअनुसार दिउँसो ४ः४५ बजेतिर सुरु हुनेछ । समूह चरणको खेल नेपालका लागि महत्त्वपूर्ण मानिएको छ । किनकि सुरुआती जितले सेमिफाइनल यात्रा सहज बनाउने छ ।

प्रतियोगिताको अन्य खेलमा समूह ‘बी’ अन्तर्गत आयोजक भारतले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । भारतलार्य यस संस्करणमा पनि बलियो दाबेदारका रूपमा हेरिएको छ भने नेपाल पनि उपाधि दाबेदार टोलीमध्ये एक हो ।

तर, नेपालका लागि यो संस्करण केही चुनौतीपूर्ण बनेको छ । किनभने टोलीकी प्रमुख फरवार्ड तथा सर्वाधिक गोलकर्तामध्ये एक सावित्रा भण्डारी ‘साम्बा’ बिना नै टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । उनको अनुपस्थितिले आक्रमण पंक्तिमा केही दबाब बढ्ने अनुमान गरिएको छ ।

सावित्राको अभावमा पनि टोलीको नेतृत्व गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्हालेकी छन् । उनले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिपमा कप्तानी गर्दै टोलीलाई अघि बढाइरहेकी छन् । अनुभवी र युवा खेलाडीको संयोजनसहित नेपालले समूह चरण पार गर्दै उपाधि लक्ष्यतर्फ अघि बढ्ने योजना बनाएको छ ।

नेपालले सोमबारको खेलमा आक्रामक सुरुआत गर्दै जित निकाल्ने रणनीति अपनाएको देखिन्छ । समूह चरणको पहिलो खेलमै अंक जोड्न सके प्रतियोगिताको बाँकी यात्रा सहज बन्ने छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×