
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ८६० रुपैयाँ कायम गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै किसानले उत्पादन गरेको धानको उचित मूल्य सुनिश्चित गर्न समर्थन मूल्य तोकिएको जानकारी दिए ।
सरकारले हरेक वर्ष किसानलाई राहत तथा बजार मूल्य स्थिर राख्ने उद्देश्यले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।



















