एसियन गेम्समा नेपालले चीनलाई हरायो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार १६:५७
एसियन गेम्समा नेपालले चीनलाई हरायो

काठमाडौं । एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगितामा नेपालले चीनलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । प्रतियोगिताअन्तर्गत बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रनमै समेटियो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन बनाइन् ।

Advertisement

कप्तान झु आउट हुनुअघिसम्म चीन १५.५ ओभरमा ९० रन २ विकेटको अवस्थामा थियो । मनिषा उपाध्यायको बलमा उनी आउट भएपछि चीनको रनगति कम भएको थियो । नेपालका लागि रिया शर्माले २ विकेट लिइन् भने कविता कुँवर, मनिषा उपाध्याय र पूजा महतोले १–१ विकेट लिए ।

त्यसअघि मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो । पूजा महतोले ५७ बलमा ६ चौकासहित ६३ रन बनाइन् ।

रुबी पोद्दार २२ रनमा अविजित रहिन् भने सोनी पाख्रिनले १८ रन बनाइन् । कविता कुँवरले ५, सम्झना खड्का र रुबिना क्षेत्रीले ४–४ रन बनाए ।

चीनका लागि मा रुइकेले २ विकेट लिइन् भने वान हुइङ र लिय जियापिङले १–१ विकेट लिए ।

प्रतियोगितामा बिहीबार नेपालले इन्डोनेसियासँग खेल्ने छ ।

तपाइको प्रतिक्रिया
आधा घण्टका लागि स्थगित काेशीकाे प्रदेशसभा जेठ १६ गते बस्ने
जेनजी आन्दोलन : रास्वपा सभापतिदेखि सुरक्षा प्रमुखसम्मलाई कारबाही सिफारिस
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणाप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलले बुधबारको प्रदेशसभा बैठक अवरुद्ध गरेकाे छ । मंगलबार सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरेपछि विवाद सुरु भएको हो । बुधबारको बैठकमा विपक्षी नेता इन्द्रबहादुर आङ्बोले संसदीय परम्परा मिचिएको भन्दै सर्वसम्मत नभई बहुमतका आधारमा पारित भएको रेकर्ड राख्न माग गरे । सभामुखले बैठक अघि बढाउन खोज्दा विपक्षी सांसदहरूले रोष्टम घेराउ गरे । सोही क्रममा नेकपा सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले जबरजस्ती रोष्टममा पुगेर माइक फाल्ने प्रयास गरेका थिए । त्यसपछि उनलाई मर्यादापालकले रोकेका थिए । सभामुख विष्टले प्रदेशसभा नियमावली अनुसार नै सर्वसम्मतिले पास भएको दाबी गरे पनि विपक्षीले लगातार सांसद अवरुद्ध गरिरहेका छन् । ००००० सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई स्वदेशमा मुद्दा परे सम्बन्धित देशकै नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिडियो कन्फ्रेन्समार्फत बयान र बकपत्र गर्न पाउने व्यवस्था गर्न फैसला गरेको छ । अष्ट्रेलियामा रहेकी एक नेपाली विद्यार्थीको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको अस्वीकारको आदेश बदर गर्दै न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको इजलासले विदेशबाट सुनुवाई प्रक्रियामा भाग लिन पाउने फैसला गरेको हो । सर्वोच्चले प्रविधिको प्रयोगलाई संकुचित बनाउन नहुने र भविष्यमा आदेश उल्लंघन हुन सक्ने काल्पनिक आशंकामा कसैलाई प्रतिरक्षा गर्ने मौलिक अधिकारबाट वञ्चित गर्न नमिल्ने ठहर गरेको छ । यो फैसलाले वैदेशिक रोजगारी वा अध्ययनमा रहेका नेपालीहरूलाई न्यायमा सहज पहुँच पुग्ने विश्वास गरिएको छ । ०००० स्वास्थ्य बीमा बोर्डले आगामी जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएका स्वास्थ्य बीमाका अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक सकुन्तला प्रजापतिका अनुसार, गत जेठ ११ गते बसेको बोर्ड बैठकले निजी अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सबै बीमा सुविधाहरू अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको हो । स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै यो निर्णय लिनुपरेको बोर्डले जनाएको छ ।
एनसेललाई गुणस्तर र वातावरण व्यवस्थापनमा अन्तर्राष्ट्रिय मान्यता
एसियन गेम्समा नेपालले चीनलाई हरायो
एसियन गेम्समा नेपालले चीनलाई हरायो
जेनजी आन्दाेलन : मानवअधिकार आयाेगकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
सहयाेग संकलन राेकिदिन न्यायाधीश श्रेष्ठकाे आग्रह
 तरकारीको ‘समर्थन मूल्य’ तोकेर अनुदान दिन सुरु
तरकारीको ‘समर्थन मूल्य’ तोकेर अनुदान दिन सुरु
गोला प्रक्रिया फेरबदलकाे तयारी छैन : सर्वाेच्च अदालत
कोशी प्रदेशसभामा तनाव : पूर्वमुख्यमन्त्री राजेन्द्र राईद्वारा रोष्टमकाे माइक फाल्ने प्रयास
स्वास्थ्य बिमामा नयाँ नियम : बहिरंग सेवामा वार्षिक २५ हजारको सीमा तोकियो
स्वास्थ्य बीमा बोर्डले दिने औषधि पनि कटौती
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.