एनसेललाई गुणस्तर र वातावरण व्यवस्थापनमा अन्तर्राष्ट्रिय मान्यता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार १७:५९
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणाप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलले बुधबारको प्रदेशसभा बैठक अवरुद्ध गरेकाे छ । मंगलबार सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरेपछि विवाद सुरु भएको हो । बुधबारको बैठकमा विपक्षी नेता इन्द्रबहादुर आङ्बोले संसदीय परम्परा मिचिएको भन्दै सर्वसम्मत नभई बहुमतका आधारमा पारित भएको रेकर्ड राख्न माग गरे । सभामुखले बैठक अघि बढाउन खोज्दा विपक्षी सांसदहरूले रोष्टम घेराउ गरे । सोही क्रममा नेकपा सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले जबरजस्ती रोष्टममा पुगेर माइक फाल्ने प्रयास गरेका थिए । त्यसपछि उनलाई मर्यादापालकले रोकेका थिए । सभामुख विष्टले प्रदेशसभा नियमावली अनुसार नै सर्वसम्मतिले पास भएको दाबी गरे पनि विपक्षीले लगातार सांसद अवरुद्ध गरिरहेका छन् । ००००० सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई स्वदेशमा मुद्दा परे सम्बन्धित देशकै नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिडियो कन्फ्रेन्समार्फत बयान र बकपत्र गर्न पाउने व्यवस्था गर्न फैसला गरेको छ । अष्ट्रेलियामा रहेकी एक नेपाली विद्यार्थीको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको अस्वीकारको आदेश बदर गर्दै न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको इजलासले विदेशबाट सुनुवाई प्रक्रियामा भाग लिन पाउने फैसला गरेको हो । सर्वोच्चले प्रविधिको प्रयोगलाई संकुचित बनाउन नहुने र भविष्यमा आदेश उल्लंघन हुन सक्ने काल्पनिक आशंकामा कसैलाई प्रतिरक्षा गर्ने मौलिक अधिकारबाट वञ्चित गर्न नमिल्ने ठहर गरेको छ । यो फैसलाले वैदेशिक रोजगारी वा अध्ययनमा रहेका नेपालीहरूलाई न्यायमा सहज पहुँच पुग्ने विश्वास गरिएको छ । ०००० स्वास्थ्य बीमा बोर्डले आगामी जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएका स्वास्थ्य बीमाका अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक सकुन्तला प्रजापतिका अनुसार, गत जेठ ११ गते बसेको बोर्ड बैठकले निजी अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सबै बीमा सुविधाहरू अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको हो । स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै यो निर्णय लिनुपरेको बोर्डले जनाएको छ ।

काठमाडौं । नेपालको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो सेवाको गुणस्तर र वातावरणीय जिम्मेवारीका लागि दुई महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मानकीकरण प्रमाणपत्र प्राप्त गरेको छ।

कम्पनीले गुणस्तर व्यवस्थापन प्रणालीका लागि  ‘आईएसओ ९००१’  र  वातावरणीय व्यवस्थापन प्रणालीका लागि  ‘आईएसओ १४००१’  को मान्यता पाएको हो।

Advertisement

यी अन्तर्राष्ट्रिय मापदण्डहरूले एनसेलको उच्च गुणस्तरीय सेवा प्रदान गर्ने र व्यवसाय सञ्चालनका क्रममा वातावरणमा पर्ने प्रभावलाई न्यूनतम राख्ने प्रतिबद्धतालाई पुष्टि गरेको कम्पनीले जनाएको छ।

आईएसओ ९००१ ले ग्राहकको आवश्यकता र नियामक निकायको प्रावधानअनुसार व्यवस्थित प्रक्रिया अपनाएको सुनिश्चित गर्दछ भने आईएसओ १४००१ ले फोहोर मैला व्यवस्थापन र वातावरणीय कानुनको प्रभावकारी पालनाका लागि मार्ग दर्शन गर्दछ।

यस उपलब्धिबारे बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यसअघि डाटा सुरक्षा र गोपनीयताका लागि आईएसओ २७००१ र २७७०१ प्राप्त गरिसकेको सन्दर्भ जोड्दै नयाँ मान्यताले कम्पनीको सेवाप्रति थप विश्वास बढाएको बताए । उनले भने, ‘हाम्रो व्यवसाय बी टु सी, बी टु बी वा बी टु जी जुन क्षेत्रमा भए पनि यी मान्यताहरूले हाम्रो कार्य प्रणाली विश्वव्यापी मापदण्डअनुसार बलियो छ भन्ने प्रमाणित गरेको छ।’

एनसेलले यसअघि पुस २०८१ मा डाटा सुरक्षासँग सम्बन्धित आईएसओ २७००१/२०२२ र आईएसओ २७७०१/ २०१९ को मान्यता पाएको थियो, जसलाई यो वर्ष पनि नवीकरण गरिएको छ। यस्तो विशिष्ट प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालको पहिलो दूरसञ्चार कम्पनी बनेको छ।

यी प्रमाणीकरणहरूबाट एनसेलका ग्राहकले अझ भरपर्दो नेटवर्क र गुणस्तरीय सेवा पाउने सुनिश्चितता भएको छ ।

त्यस्तै, उद्यमी तथा व्यावसायिक साझेदारहरूले जोखिम न्यूनीकरण र कार्यदक्षता वृद्धिमा सहयोग पाउनेछन् भने नियामक निकाय र लगानीकर्ताहरूले कम्पनीको पारदर्शिता र निरन्तर सुधारको प्रक्रियामा थप आत्मविश्वास प्राप्त गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ। कम्पनीले आगामी दिनमा पनि वातावरणीय संरक्षण र विश्व स्तरीय डिजिटल सेवा उपलब्ध गराउन आफूलाई समर्पित गर्ने प्रतिबद्धता जनाएको छ ।

तपाइको प्रतिक्रिया
नासाको ‘मून बेस’ योजना सार्वजनिक : चन्द्रमामा स्थायी मानव बस्ती बनाउने गृहकार्य
१ लाख ५० हजारसम्मका बचतकर्तालाई रकम फिर्ता
विमान दुर्घटना १ जनाको मृत्यु
विमान दुर्घटना १ जनाको मृत्यु
रास्वपा सभापतिसहित १७ सांसदको भूमिकामाथि प्रश्न, अनुसन्धान गर्न सिफारिस
आधा घण्टका लागि स्थगित काेशीकाे प्रदेशसभा जेठ १६ गते बस्ने
जेनजी आन्दोलन : रास्वपा सभापतिदेखि सुरक्षा प्रमुखसम्मलाई कारबाही सिफारिस
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणाप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलले बुधबारको प्रदेशसभा बैठक अवरुद्ध गरेकाे छ । मंगलबार सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरेपछि विवाद सुरु भएको हो । बुधबारको बैठकमा विपक्षी नेता इन्द्रबहादुर आङ्बोले संसदीय परम्परा मिचिएको भन्दै सर्वसम्मत नभई बहुमतका आधारमा पारित भएको रेकर्ड राख्न माग गरे । सभामुखले बैठक अघि बढाउन खोज्दा विपक्षी सांसदहरूले रोष्टम घेराउ गरे । सोही क्रममा नेकपा सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले जबरजस्ती रोष्टममा पुगेर माइक फाल्ने प्रयास गरेका थिए । त्यसपछि उनलाई मर्यादापालकले रोकेका थिए । सभामुख विष्टले प्रदेशसभा नियमावली अनुसार नै सर्वसम्मतिले पास भएको दाबी गरे पनि विपक्षीले लगातार सांसद अवरुद्ध गरिरहेका छन् । ००००० सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई स्वदेशमा मुद्दा परे सम्बन्धित देशकै नेपाली दूतावास वा कूटनीतिक नियोगबाट भिडियो कन्फ्रेन्समार्फत बयान र बकपत्र गर्न पाउने व्यवस्था गर्न फैसला गरेको छ । अष्ट्रेलियामा रहेकी एक नेपाली विद्यार्थीको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको अस्वीकारको आदेश बदर गर्दै न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको इजलासले विदेशबाट सुनुवाई प्रक्रियामा भाग लिन पाउने फैसला गरेको हो । सर्वोच्चले प्रविधिको प्रयोगलाई संकुचित बनाउन नहुने र भविष्यमा आदेश उल्लंघन हुन सक्ने काल्पनिक आशंकामा कसैलाई प्रतिरक्षा गर्ने मौलिक अधिकारबाट वञ्चित गर्न नमिल्ने ठहर गरेको छ । यो फैसलाले वैदेशिक रोजगारी वा अध्ययनमा रहेका नेपालीहरूलाई न्यायमा सहज पहुँच पुग्ने विश्वास गरिएको छ । ०००० स्वास्थ्य बीमा बोर्डले आगामी जेठ १६ गतेदेखि निजी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिँदै आएका स्वास्थ्य बीमाका अत्यावश्यक बाहेकका सेवा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डकी निमित्त कार्यकारी निर्देशक सकुन्तला प्रजापतिका अनुसार, गत जेठ ११ गते बसेको बोर्ड बैठकले निजी अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सबै बीमा सुविधाहरू अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको हो । स्वास्थ्य बीमा बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै यो निर्णय लिनुपरेको बोर्डले जनाएको छ ।
एनसेललाई गुणस्तर र वातावरण व्यवस्थापनमा अन्तर्राष्ट्रिय मान्यता
एसियन गेम्समा नेपालले चीनलाई हरायो
एसियन गेम्समा नेपालले चीनलाई हरायो
जेनजी आन्दाेलन : मानवअधिकार आयाेगकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)
सहयाेग संकलन राेकिदिन न्यायाधीश श्रेष्ठकाे आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.