
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
निर्धातिर विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ४१ पैसा तथा युरोपियन युरो एकको खरिददर एक सय ७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ५४ पैसा छ । बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर दुई सय पाँच रुपैयाँ ३२ पैसा र बिक्रीदर दुई सय छ रुपैयाँ १२ पैसा एवं स्वीस फ्राङ्क एकको खरिददर एक सय ९४ रुपैयाँ ३२ र बिक्रीदर एक सय ९५ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर एक सय आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय नौ रुपैयाँ ४० पैसा तथा क्यानेडियन डलर एकको खरिददर एक सय १० रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय १० रुपैयाँ ८६ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर एक सय १९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय २० रुपैयाँ ०७ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७२ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा एवं थाई भाट एकको खरिददर चार रुपैयाँ ६९ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा कायम गरिएको छ ।
यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा तथा मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा तोकिएको छ । दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैया २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा एवं स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।
डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८० पैसा र बिक्रीदर २३ रुपैयाँ ८९ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर चार सय ९५ रुपैयाँ २४ पैसा र बिक्रीदर पाँच सय २० एवं बहराइन दिनार एकको खरिददर चार सय पाँच रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय छ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।
ओमानी रियाल एकको खरिददर तीन सय ९६ रुपैयाँ ९० पैसा र बिक्रीदर तीन सय ९८ रुपैयाँ ४६ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
निर्धारित विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।



















