
काठमाडौ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा साढे ५ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि घटेकाे छ । महासंघका अनुसार प्रतितोला २१५ रुपैयाँ घटेकाे हाे । आज ४ हजार ८६५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

























