सामाजिक सुरक्षामा ७१ अर्ब ३८ करोड खर्च

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १४, बिहीबार १४:३३
तस्विर : एआई

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्म सामाजिक सुरक्षा भत्तातर्फ ७१ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको जनाएको छ । गृह मन्त्रालयअन्तर्गत चालु खर्चको सामाजिक सुरक्षा भत्ता शीर्षकमा उक्त रकम खर्च भएको सरकारको विवरणमा उल्लेख छ ।

चालु आर्थिक वर्षका लागि सरकारले सामाजिक सुरक्षा भत्तामा कुल १ खर्ब ९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । चैत मसान्तसम्म विनियोजित बजेटको ६५.४९ प्रतिशत खर्च भइसकेको जनाइएको छ ।

Advertisement

सरकारले सामाजिक सुरक्षा प्रणालीलाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग आवद्ध गरिएको बताएको छ । बजेटमार्फत सामाजिक सुरक्षा सुविधाको एकीकृत प्रतिवेदन प्रणाली विकास गर्ने योजना अघि सारिएको थियो ।

संघीय सरकारबाट सञ्चालित सामाजिक सुरक्षाका कार्यक्रमहरूमा प्रदेश तथा स्थानीय तहबाट थप रकम दिन वा उस्तै प्रकृतिका कार्यक्रममार्फत दोहोरो सुविधा उपलब्ध गराउन नपाइने व्यवस्था गरिएको सरकारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.