सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १०:५९

विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ५ हजार ६ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार तोलाको २ लाख ८५ हजार रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १ सय ७५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको ५ हजार ४० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य
बिहीबार प्रतितोला ४ हजार ८ सय ६५ रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.