सडक मर्मतका लागि २८६ अर्ब, वातावरण क्षेत्रमा १२ अर्ब

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १७:४०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि सडक पूर्वाधार मर्मत तथा सुधारलाई प्राथमिकता दिँदै राष्ट्रव्यापी सडक मर्मत अभियानका लागि २८६ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत उक्त जानकारी दिँदै देशभरका सडकलाई नियमित मर्मत प्रणालीमा ल्याएर विशेषगरी सहरी क्षेत्रमा देखिने खाल्डाखुल्डी समस्या अन्त्य गर्ने योजना अघि सारेका छन् । यस अभियानमार्फत सडक संरचनाको दीर्घकालीन संरक्षण र यातायात सेवा सुधार गर्ने सरकारको लक्ष्य रहेको छ ।

Advertisement

त्यसैगरी, वन तथा वातावरण क्षेत्रका लागि १२ अर्ब ३१ करोड रुपैयाँ बजेट छुट्याइएको छ । यसअन्तर्गत जडीबुटी तथा गैरकाष्ठ वन पैदावारका लागि समर्थन मूल्य निर्धारण गर्ने व्यवस्था गरिने र कर्णाली प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने योजना रहेको छ ।

कृषि तथा पशुपक्षी विकास क्षेत्रका लागि पनि ४६ अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिएका छन् । जसले उत्पादन वृद्धि र किसानको आय सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.