एसियन गेम्समा नेपाल मलेसियासँग पराजित

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १६, शनिबार १६:१३
एसियन गेम्समा नेपाल मलेसियासँग पराजित

काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल खेलमा नेपाल मलेसियासँग पराजित भएको छ। नेपाल मलेसियासँग पराजित भएसँगै एसियन गेम्समा छनोट हुने अवसर गुमाएको हो ।

मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग दुई विकेटले पराजित भयो ।नेपालले जितका लागि दिएको १२७ रनको लक्ष्य मलेसियाले १८.४ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो।

मलेसियाको जितमा एल्सा हन्टरले सर्वाधिक ४८ रन बनाइन् । यस्तै धनुश्री मुहुननले २१, आइना हमिजाले १८ र माहिरा इजातीले १४ रन बनाइन् ।

बलिङमा नेपालकी रिया शर्माले तीन विकेट लिइन् भने मनिषा उपाध्याय र रुबिना क्षेत्रीले दुई दुई तथा सीता राना मगर एक विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४६ रन बनाउँदा कविता कुँवरले ३३, रुवि पोदारले १७ र पूजा महतोले १५ रन बनाएकी थिइन्।

बलिङमा मलेसियाकी विनिफ्रेड दुराइसिंगामले दुई तथा आइसा एलिसा र माहिरा इजातीले एक एक विकेट लिइन्। अब नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। फाइनलको लागि भने मलेसिया र थाइल्यान्ड छनोट भएको छ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×