कस्तो छ आजको माैसम ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार ०६:३४
६ प्रदेशमा वर्षाको सम्भावना 

विराटनगर । जल तथा माैसम विभागका अनुसार नेपालमा वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिम देखि पूर्वसम्म नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ ।

Advertisement

बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी प्रदेशको केहि स्थानहरूमा मध्यम वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल, पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा  लुम्बिनी प्रदेशको तराई, कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.