दिल्लीको रेस्टुरेन्टमा आगलागी हुँदा २१ जनाकाे मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार २०:००

काठमाडौं । भारतको दिल्लीको मालवीय नगरमा रहेको रेष्टुरेन्टमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। जसमा ११ जना विदेशी नागरिक छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्लीको मालवीय नगर क्षेत्रमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा मृत्यु हुने २१ जनामध्ये ११ जना विदेशी नागरिक परेका हुन् ।
कुन– कुन देशका थिए भन्ने उल्लेख गरिएको छैन ।

Advertisement

आगलागीमा परी घाइते हुनेमा २३ विदेशी नागरिक र १४ भारतीय छन् । घाइते विदेशी नागोरिकमा १६ जनाको अवस्था गम्भीर रहेको छ ।

आगलागीमा परी दुई जना नेपाली नागरिक समेत घाइते भएका छन् । उनीहरू उपचारपछि डिस्चार्ज भइसके भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

आगलागीमा परी घाइते भएका ११ जना घाइते भारतीयमध्ये १० जना दिल्ली प्रहरीका कर्मचारी रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.