विद्या भण्डारी ३७ सालकै सदस्य हो: अध्यक्ष ओली

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार १७:५०
विद्या भण्डारी ३७ सालकै सदस्य हो, आवेदन दिएपछि सदस्यता दिइएको हो: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यतालाई लिएर भइरहेका विभिन्न टीकाटिप्पणीबारे प्रस्ट पारेका छन् ।

एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले भण्डारीले विधिवत् रूपमा आवेदन दिएपछि मात्रै पार्टीले सदस्यता दिएको स्पष्ट पारेका हुन् ।

Advertisement

अध्यक्ष ओलीले भण्डारी २०३७ सालदेखि नै एमालेको संगठित सदस्य रहेको र २०३४ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेको स्मरण गराए । उनले राष्ट्रपति जस्तो गरिमामय पदमा रहँदा पदीय मर्यादाका कारण उनको सदस्यता निष्क्रिय रहेको तर अहिले प्रक्रिया पुर्‍याएर पुनः सक्रिय गराइएको बताए ।

‘विद्या भण्डारीजीको कुरा अहिले पनि चर्चामा छ । उहाँ राष्ट्रपति भएको बेला सदस्य हुनुहुन्न थियो, त्यसैले नवीकरण हुने कुरा भएन,’ ओलीले भने, ‘हाम्रो केन्द्रीय कमिटीले एउटा आवेदन दिनुस् भनेपछि उहाँले आवेदन दिनुभयो र कमिटीले सदस्यता दियो । उहाँ ३७ सालकै सदस्य हो, यसमा कुनै भ्रम राख्नु पर्दैन ।’
भण्डारीको सक्रियतालाई लिएर पार्टीभित्र र बाहिर हुने गरेका चर्चालाई लक्षित गर्दै ओलीले यसलाई ‘हारजित’ को विषय नबनाउन आग्रह गरे । उनले भने, ‘यो कसैको हार वा जितको प्रश्नै होइन । हरेक कुरामा खोचे थाप्ने र निहुँ खोज्ने काम कसैले गर्नु हुँदैन । हामी संगठनको विधि र प्रक्रिया अनुसार चल्नुपर्छ ।’

कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ संगठन विस्तारमा लाग्न निर्देशन दिँदै ओलीले पार्टीको विधान र पद्धतिलाई सबैले पालना गर्नुपर्नेमा जोड दिए । पूर्वराष्ट्रपति भण्डारीको पुनरागमनलाई एमालेभित्र एउटा स्वाभाविक प्रक्रियाको रूपमा लिनुपर्ने उनको आशय थियो ।

तपाइको प्रतिक्रिया
स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापामा दुई जनाको मृत्यु
सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
रवि–मोदी भेटमा ‘नयाँ विकास कूटनीति’को चर्चा
विद्या भण्डारी ३७ सालकै सदस्य हो, आवेदन दिएपछि सदस्यता दिइएको हो: अध्यक्ष ओली
विद्या भण्डारी ३७ सालकै सदस्य हो: अध्यक्ष ओली
शीतल निवासबाट हात्तीका दाह्रा चोर्ने ५ जना पक्राउ
शीतल निवासबाट हात्तीका दाह्रा चोर्ने ५ जना पक्राउ
एसइई कप: बिकेभिएम, डनबस्को र नरग्राम क्वाटर फाइनलमा
एसइई कप: बिकेभिएम, डनबस्को र नरग्राम क्वाटर फाइनलमा
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ सुरुम्खिमस्थित बालकल्याण माध्यमिक विद्यालय
अनौठो प्रकृतिको स्वास्थ्य समस्या देखिएपछि विद्यालय बन्द
सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
पाँच किलो गाँजा र १४ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ
पाँच किलो गाँजा र १४ ग्राम ब्राउन सुगरसहित चार जना पक्राउ
स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम
स्वास्थ्यकर्मीलाई संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम
  विराटनगरमा अत्याधुनिक ‘ओमोडा ई–फाइभ प्रो’ सार्वजनिक, ५० ग्राहकलाई विशेष छुट
विराटनगरमा अत्याधुनिक ‘ओमोडा ई–फाइभ प्रो’ सार्वजनिक, ५० ग्राहकलाई विशेष छुट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.