साफमा बंगलादेशसँग फेरि हार्याे नेपाल

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २०, बुधबार २०:०५

काठमाडौं । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशसँग नेपाल २-१ ले पराजित भएकाे छ । गोवास्थति जवाहरलाल नेहरु स्टेडियममा नेपालले पहिले अग्रता लिएकाे थियाे । तर, अग्रता जाेगाउन नसक्दा सेमिफाइनलबाट बाहिरिएको हो ।

नेपाल दोस्रो पटक साफमा सेमिफाइनलबाटै बाहिरिएको हो भने बंगलादेशसँग पछिल्लो तीनवटै संस्करणमा नेपाल लगातार पराजित भएको हो ।

Advertisement

गीता रनाले २२औं मिनेटमा गोल गर्दै नेपाललाई पहिले अग्रता दिलाएकी थिइन् । तर बंगलादेशले पहिलो हाफमै बराबरी गोल फर्कायो । रितु पवर्ना चक्माले पहिलो हाफको इन्जुरी टाइममा कर्नरबाट ओलम्पिको गोल गर्दै खेल १-१ को बराबरीमा ल्याइन् । खेल बराबरीतर्फ अघि अढिरहेको अवस्थामा बंगलादेशले दोस्रो हाफको इन्जुरी टाइममा विजयी गोल गर्‍यो । सामसुनाहरको क्रसमा सगोरिकाले गोल गर्दै बंगलादेशलाई जित दिलाइन् । पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेपनि सेमिफाइनलमै पराजित भएपछि यसपटक पनि नेपालको लक्ष्य पूरा हुन सकेन ।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×