एसइई कपको क्वाटरफाइनलमा महेन्द्र, कोशी मोडेल र आदर्श मावि 

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २१, बिहीबार २०:०२
 एसइई कपको क्वाटरफाइनलमा महेन्द्र, कोशी मोडेल र आदर्श मावि 

विराटनगर । विराटनगरमा जारी ५ औँ एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा महेन्द्र मावि, कोशी मोडेल र आदर्श मावि विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पोखरिया युथ केयर एकेडेमीको आयोजना तथा विराटनगर महानगरपालिका–१ को सहकार्यमा परोपकार खेल मैदानमा बिहीबार तीन खेलहरू सम्पन्न भए ।

प्रतियोगिताको पहिलो खेलमा महेन्द्र माविले सत्यनारायण माविलाई ३–१ गोलमा पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो । महेन्द्र माविका लागि प्लेयर अफ द म्याच विवेक खड्काले २ दुई गोल गरे भने अंकुश तामाङले १ गोल गरे । सत्यनारायण माविका लागि सुमन राजवंशीले एक गोल फर्काए  ।

दोस्रो खेलमा कोशी मोडेल स्कुलले सनसाइन स्कुललाई ३–१ गोलमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । कोशीका लागि भेषराज माझी र सुमित सिंहले गोल गरेका थिएन सनसाइनका लागि सुशान्त फुयाँल र आदित्य माझीले समान १–१ गोल गरे । सनसाइनका खेलाडीबाट आत्मघाती गोल गरेपछि कोशीले जित निकाल्न सफल भयो । खेलको प्लेयर अफ द म्याच कोशीका निरज चौधरी भए ।

त्यस्तै, दिनको अन्तिम खेलमा आदर्श माविले इटहरीको सनसाइन स्कुललाई १–० गोलमा हराउँदै क्वाटरफाइनलको यात्रा तय गर्‍यो । आदर्शका लागि निर्णायक गोल कृष्ण यादवले गरे । खेलको प्लेयर अफ द म्याच आदर्शका योगेश राजवंशी भए ।

प्रतियोगिताअन्तर्गत शुक्रबारको पहिलो खेल टंकीसनवारीको नरग्राम मावि र झोराहाटको शारदा मावि तथा दोस्रो खेल डनबस्को बोर्डिङ स्कुल र एजेलिया बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×