बजेट खर्चमा कमजाेर मधेश प्रदेश

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार १८:१२

जनकपुर । मधेश प्रदेश सरकारकाे चालु आर्थिक वर्ष २०८२/८३ को बजेट खर्च कमजाेर देखिएकाे छ । प्रदेश सरकारले जेठ २१ गते (बिहीबार)सम्म १९.४ प्रतिशत मात्र खर्च गरेकाे छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियाे । जसमध्ये हालसम्म ९ अर्ब ११ करोड ९५ लाख ७५ हजार रुपैयाँ मात्रै खर्च भएको आर्थिक मामिला तथा याेजना मन्त्रालयले जनाएको छ ।

Advertisement

कुल खर्चमध्ये चालुतर्फ ५ अर्ब ३२ करोड ४४ लाख ८४ हजार तथा पुँजीगततर्फ ३ अर्ब ७९ करोड ५० लाख ९१ हजार रुपैयाँ मात्रै खर्च भएको मन्त्री युवराज भट्टराईले जानकारी दिए ।

यसअघि जेठ १३ गतेसम्म कुल खर्च ८ अर्ब ७५ करोड ७६ लाख १४ हजार रुपैयाँ भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.