
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा तथा युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ २८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०८ पैसा एवं स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४१ पैसा र बिक्रीदर १९१ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तोकिएको छ । सिंगापुर डलर एकको खरिददर ११७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९३ पैसा एवं जापानी येन १० को खरिददर नौ रुपैयाँ ४६ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा तय गरिएको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा एवं थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।
युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४४ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा एवं स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १६ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।
डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३७ पैसा र बिक्रीदर २३ रुपैयाँ ४७ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा तय गरिएको छ । कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ९१ पैसा एवं बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।
ओमनी रियाल एकको खरिददर ३९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
निर्धारित विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन हुन सक्ने छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख गरिएको छ ।

























