
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ ।
सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा जारी छ ।
बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष/सभापतिसहित दुई/दुई जनालाई आमन्त्रण गरिएको थियो तर कांग्रेस, एमाले र नेकपाले पार्टी प्रमुखलाई पठाएनन् ।
श्रम संस्कृति पार्टीले बैठक नै बहिष्कार गरेको छ ।



















